Logo

घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म अदालत बन्द, बन्दी प्रत्यक्षीकरण भने नरोकिने



काठमाडौं, १७ असोज । आज घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म अदालत विदा भएको छ । सो अवधिमा अदालत सबै बन्द भएपनि बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुनेछ ।

बन्दीप्रत्यक्षीकरणको सुनुवाइका लागि घटस्थापना, शनिबार र विजया दशमीका दिनबाहेक विहान ११ बजेदेखि ३ बजेसम्म अदालत खुल्ला रहने छ ।



प्रतिक्रिया दिनुहोस्