Logo

व्यवस्था परिवर्तनका लागि पेट्रोल छर्किसकिएको छ, झिल्का कोर्नमात्रै बाँकी छः राप्रपा सांसद सिंह (भिडिओसहित)



काठमाडौं, १८ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं प्रतिनिधि सभा सदस्य दीपक सिंहले पार्टीले बेवस्था र अवस्था परिवर्तनका लागि आगामी छठपछि निर्णायक आन्दोलन गर्न लागेको बताएका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिले जनतामा देखिएको पीडा र विद्रोहले जनता राप्रपाको पक्षमा रहेको पुष्टि गर्ने बताए । उनले स्वदेशमा मात्रै नभएर विदेशमा पनि वर्तमान सरकारविरुद्ध नेपालीहरुले आवाज उठाउन थालेको टिप्पणी गरे । व्यवस्था परिवर्तनका लागि पेट्रोल छर्किसकिएको र अब झिल्को कोर्नमात्रै बाँकी रहेको उनले बताए ।

‘आन्दोलन परिवर्तनका लागि । व्यवस्था र अवस्था परिवर्तनका लागि हो । जनता कसको साथमा छन् भन्ने कुरा स्वदेशमा बसेका जनताहरुको पीडा, विद्रोह तपाईँ हामीले देखिनै राखेका छौं । स्वदेशमा मात्रै होईन, विदेशमा रहेका नेपालीहरुले पनि हाम्रा प्रधानमन्त्रीलगायतलाई के रुपमा हेरेको छ भन्ने न तपाईँमा लुकेको छ, न ममा लुकेको छ ।’ उनले भने, ‘प्रष्ट रुपमा वाक्कव्याक्क भइसकेका छन्, अब यो मुलुक यो व्यक्तिहरुबाट चल्न सक्दैन, व्यवस्थाबाट थेग्न सक्दैन भन्ने कुरा विदेश र स्वदेशमा बसेका सबै नेपालीहरुले भनिसकेको छ । अहिले देशका अवस्था जुन छ, पेट्रोल छर्किसकिएको छ, झिल्का कोर्नमात्रै बाँकी छ ।’ File Photo/RN



प्रतिक्रिया दिनुहोस्