Logo

एमाले सांसद शाहीको प्रश्न: सडकमा व्यापार गरेर खानेहरूलाई लखेट्ने बालेनका नगर प्रहरी बाढीमा कहाँ गए ?



काठमाडौं । नेकपा एमालेका सांसद दयालबहादुर शाहीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको चर्को आलोचना गरेका छन् । आज बसेको संसद्को पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद शाहीले बाढीपहिराको बेला महानगर टुलुटुलु हेरर बसेको र नागरिकको उद्धारमा ध्यान नदिएको भन्दै आलोचना गरेका हुन् ।

उनले भने‘सडकमा व्यापार गरेर खानेहरूलाई लखेट्ने बालेनका नगर प्रहरी बाढीमा कहाँ गए ? सस्तो लोकप्रियताले मात्र केही हुँदैन ।’ उनले बाढी गएका बेला प्रधानमन्त्री अमेरिका बस्यो भनेर हौवा फैलाएको बताउँदै उताबाट आउनै ३ दिन लाग्ने कुरा किन नबुझेको भन्दै प्रश्न गरे ।

उनले हाइवे खोलाको किनारबाट बनाएका कारण बढी क्षति भएको बताए । उनले भने– ‘नाम नै हाई वे अर्थात अग्लो ठाउँबाट बाटो हुनुपर्ने, तल तलबाट बाटो बनाएपछि क्षति हुँदैन त ।’



प्रतिक्रिया दिनुहोस्