Logo

भ्रष्टाचारीलाई पाता कसेर जेल कोच्ने नेतृत्व चाहियोः ऋषि धमला



काठमाडौं, १८ असोज । रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले देशमा भ्रष्टाचारीलाई पाता कसेर जेल कोच्न सक्ने नेतृत्वको आवश्यक्ता देखिएको बताएका छन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनतालाई विकास र निकास दिन भ्रष्टाचारीलाई पाता कसेर जेल कोच्नुको विकल्प नरहेको बताएका हुन् ।

‘जनता निकास चाहन्छन्, विकास चाहन्छन्, दलहरु मिल्नुपर्छ । भ्रष्टाचारीहरुलाई पाता कसेर, कारबाही गरेर, जेलमा कोचेर जाने नेतृत्व चाहियो,’– उनले भने ।

बाढी, पहिरोका कारण देशका विभिन्न सडकहरु अवरुद्ध भइरहेको बेला अहिले प्लेन टिकटमा समेत कालोबजारी भइरहेको भन्दै उनले दलका नेताहरुको ध्यानाकार्षण गराए । अब दलहरुले एकले अर्कोलाई गाली गर्नुभन्दा पनि सबै मिलेर बाढी पहिरो पीडितको समस्या समाधानमा लाग्न र उनीहरुलाई उचित राहत उपलब्ध गराउन आग्रह गरे ।

राजनीतिक नेतृत्वको कमजोरीको कारण देशमा वैकल्पिक राजमार्गसमेत बनाउन नसकिएको उनको टिप्पणी छ । देशमा अहिले भइरहेको ७५३ वटा स्थानीय सरकार धेरै भएको उनले बताए । जनताको करबाट यतिधेरै स्थानीय तहमा नेताहर पाल्न नसकिने उनको भनाइ छ ।

साथै, सहकारीमा बचत गरेर फिर्ता नपाउँदा पीडित बनिरहेका नागरिकहरु रोइरहेको अवस्थामा दलका नेताहरु सहकारी प्रकरणमा चुपचाप बसिरहेको उनले टिप्पणी गरे ।



प्रतिक्रिया दिनुहोस्