Logo

बाढी पहिरोबाट अवरुद्ध सञ्चार सेवा खुलाउन टेलिकमकी एमडी पहाडीको सक्रियता



काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशक संगीता पहाडीको नेतृत्वदायी भूमिकाका कारण बाढीपहिरो प्रभावित जिल्लामा सूचना र सञ्चार क्षेत्रमा देखिएको समस्या समाधानन्मुख भएको छ । गत साता परेको अविरल वर्षात्का कारण बागमती प्रदेशका १३ जिल्लासहित देशभारका २८ जिल्ला नराम्ररी प्रभावित भएका थिए ।

अविरल वर्षात्का कारण विद्युत र सञ्चार सेवा अवरुद्ध भएको थियो । नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमबीच समन्वय भएको कारण तत्काल समस्या समाधान गर्न सकिएको हो । गत महिना टेलिकमतको नेतृत्वमा पहाडीको इन्ट्री भएदेखि नै सञ्चार क्षेत्रले गति लिइरहेको थियो । प्राधिकरणमा एमडी कुलमान घिसिङ र टेलिकमकी पहाडीको समन्वयले यति ठूलो विपत्तिबाट प्रभावित क्षेत्रमा देखिएको समस्या समाधान भएको छ । अवरुद्ध विद्युत सेवा सूचारु गर्न घिसिङले आफ्नो तहबाट हरसम्भव प्रयास गरेका छन् भने पहाडीले आफू मातहतका कर्मचारीलाई निर्देशन दिँदै प्रभावित क्षेत्रका समस्या समाधानका लागि लाग्न निर्देशन दिएकी छन् । उनले प्रभावित क्षेत्रमा जुनसुकै बेला समस्या देखिने हुँदा समाधानका लागि तयार रहन निर्देशन दिएकी छन् ।

पहाडी बाढी प्रभावित क्षेत्रका नागरिकको समस्या समाधान गर्न शनिबार र सार्वजनिक विदाको दिनसमेत खटिरहेकी छन् । उनले देखाएको सक्रियता र लिएको नेतृत्वदायी भूमिका कारणनै यति ठूलो समस्या समाधान भएको भन्दै पहाडीको प्रशंसा भइरहेको छ । आफ्नो तर्फबाट निरन्तर काम गरिरहने, कसैको दवाव र प्रभावमा नपर्ने, क्वान्टिटीमा भन्दा क्वालिटीमा ध्यान दिने पहाडी आफूले गरेको कामलाई प्रचार गर्न नरुचाउने कर्मचारीको रुपमा चिनिन्छिन् ।

अविरल वर्षात्पछि पहाडीले निरन्तर रुपमा क्षतिको विवरण संकलन गर्नेदेखि सम्बन्धित निकायसँग समन्व गरेर समस्या समाधानका लागिगरेको पहलले उनको चौतर्फी प्रसंशा भइरहेको छ । २०४९ चैत २३ गतेदेखि तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इञ्जिनीयर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरेकी पहाडी नेपाल टेलिकमको एमडी हुने दोस्रो महिलासमेत हुन् ।

२०५१ फागुन १० मा कम्पनीको सेवामा स्थायी नियुक्ति पाएकी पहाडीले ११ महिनासम्म निमित्त प्रबन्ध निर्देशक भई टेलिकमको सेवा गर्दै आएर गत भदौ २२ गते प्रबन्ध निर्देशकमा पदवहाली गरेकी हुन् । संस्थालाई आवश्यक परेको खण्डमा ट्रान्समिटर समेत चढ्न सक्ने पहाडी अहिले सबै जिम्मेवारी सम्हाल्न सक्ने अवस्थामा छिन् । काम गर्नेहरुको लागि चुनौती सहज बन्दै जान्छ भन्ने उनको भोगाइ र गराइले बुझाएको छ ।



प्रतिक्रिया दिनुहोस्