Logo

स्थानीय तह उपनिर्वाचनमा २५ दल मैदानमा उत्रिँदै



काठमाडौं, २० असोज । आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि २५ वटा दल दर्ता भएका छन् । निर्वाचन आयोगका अनुसार स्थानीय तह उपनिर्वाचनमा प्रतिस्पर्धा गर्न ती राजनीतिक दलहरु दर्ता भएका हुन् ।

आयोगका अनुसार निवेदन दिएको २६ दलमध्ये एक दलले कानुनी रीत पूरा नगरेकाले २५ वटालाई मात्रै अनुमति दिइएको हो । योसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले पनि स्थानीय तह उपनिर्वाचनमा भाग लिने भएको छ ।

राजनीतिक दलको नाम

  • नेपाल मजदुर किसान पार्टी
  • मंगोल नेशनल अर्गनाइजेशन
  • नेपाली कांग्रेस
  • जनता समाजवादी पार्टी, नेपाल
  • नेपाल समाजवादी पार्टी
  • नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
  • संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • आम जनता पार्टी
  • नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)
  • जनता समाजवादी पार्टी
  • बहुजन एकता पार्टी नेपाल
  • नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)
  • राष्ट्रिय स्वतन्त्र पार्टी
  • समावेशी समाजवादी पार्टी नेपाल
  • हाम्रो नेपाली पार्टी
  • नेपाल कम्यूनिष्ट पार्टी (मार्क्सवादी लेनिनवादी)
  • राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
  • नागरिक उन्मुक्ति पार्टी
  • नेशनल रिपब्लिक नेपाल
  • राष्ट्रिय जनता पार्टी नेपाल
  • नेपाली कांग्रेस (बी.पी.)
  • राष्ट्रिय मातृभूमि पार्टी
  • जनमत पार्टी
  • नेपाली जनता दल



प्रतिक्रिया दिनुहोस्