Logo

एनपीएलको अक्सन: यी हुन् सर्वाधिक महँगा १२ खेलाडी, कुन टिमको अवस्था कस्तो ?



काठमाडौं । अर्को महिना काठमाडौंमा हुने नेपाल प्रिमियर लिगको पहिलो चरणको खेलाडी छनोटको काम सकिएको छ । आइतबार काठमाडौंमा भएको अक्सनमा ८ वटा फ्रेन्चाइज टिमले १० जनाको दरले कूल ८० जना खेलाडी छनोट गरेका छन् ।

बोलकवलमार्फत भएको खेलाडी छनाटेमा प्रत्येक टिमले ए ग्रेडका ३ जना, बी ग्रेडका ४ जना र सी ग्रेडका तीन जना गरि १० जना खेलाडी छनोट गरिएको हो । अक्सनबाट १२ खेलाडी अधिकतम मूल्यमा बिक्री भएका छन् । ए ग्रेडका खेलाडीको न्यूनतम मूल्य १० लाख र अधिकतम मूल्य १५ लाख तोकिएको थियो । त्यसमा १२ जना खेलाडी अधिकतम मूल्यमा बिक्री भएका हुन् ।

ए क्याटागोरीलाई १० लाख, बी क्याटागोरीलाई १० लाख र सी क्याटागोरीलाई २ लाखबाट खेलाडी अक्सन सुरु गरिएको थियो। जसमा एलाई उच्चतम १५ लाख, बीलाई १० लाख र सीलाई ५ लाख रुपैयासम्म मूल्य तोकिएको थियो।

पहिलो चरणको अक्सन सकिँदा प्रत्येक टिमसँग ११ जना खेलाडी भएका छन् । एक जना यसअघि नै मार्कि खेलाडीको रुपमा प्रत्येक टिमले पाइसकेका छन् । अब सबै टिमले ४-४ जना विदेशी खेलाडी भित्र्याउन पाउनेछन् । जसमा एक जना टेष्ट राष्ट्रको हुनु पर्नेछ भने, अन्य थप एक जना स्थानीय खेलाडी गरेर कूल १६ जनाको टिम बन्नेछ ।

यी हुन् आइतबारको अक्सनमा ८ टिमले भित्र्याएका ८० जना खेलाडी

जनकपुर बोल्ट्स

आसिफ शेख – मार्की
ललित राजवंशी
अनिल कुमार साह
रुपेश सिंह
किशोर महतो
आकाश त्रिपाठी
शुभ कंसाकर
शेर मल्ल
हेमन्त धामी
अरनिको प्रसाद यादव
तुलबहादुर थापा मगर

कर्णाली याक्स

सोमपाल कामी– मार्की
गुलशन कुमार झा
नन्दन यादव
मौसम ढकाल
अर्जुन घर्ती
देव खनाल
ऋत गौतम
भुवन कार्की
दिपेन्द्र रावत
दिपक डुम्रे
युनिश बिक्रम सिंह ठकुरी

काठमाडौं गोर्खाज

करण केसी – मार्की
शाहब आलम
भीम शार्की
रसिद खान
शंकर राना
दिपेश प्रसाद कँडेल
सुमित महर्जन
कृष्ण कार्की
बिबेक केसी
प्रतीक श्रेष्ठ
राजु रिजाल

लुम्बिनी लायन्स

रोहित कुमार पौडेल– मार्की
सूर्य तामाङ
बिबेक यादव
सन्दीप जोरा
आशुतोष घिरैया
तिलक राज भण्डारी
दुर्गेश गुप्ता
अर्जुन साउद
दिनेश अधिकारी
अभिषेश गौतम
बिकाश अग्री

विराटनगर किंग्स

सन्दीप लामिछाने – मार्की
लोकेश बम
प्रतिश जीसी
बशीर अहमद
राजेश पुलामी मगर
जितेन्द्र कुमार मुखिया
अनिल खरेल
दिपक बोहरा
सुभाष भण्डारी
नरेन भट्ट
मृनाल गुरुङ

चितवन राइनोज

कुशल मल्ल -मार्की
रिजन ढकाल
कमल सिंह ऐरी
शरद भेषावकर
बिपिन रावल
सन्तोष कार्की
दिपेश श्रेष्ठ
अमर सिंह रटैला
दिपक बोहरा
रंजीत कुमार
गौतम केसी

पोखरा एभेन्जर्स

कुशल भुर्तेल – मार्की
सागर ढकाल
आकाश चन्द
किरण कुमार ठगुन्ना
नारायण जोशी
बिपिन खत्री
दिलीप नाथ
त्रित राज दास
सुनाम गौतम
दिनेश खरेल
अमृत गुरुङ

सुदूरपश्चिम रोयल्स

दिपेन्द्र सिंह ऐरी – मार्की
आरिफ शेख
अविनाश बोहरा
विनोद भण्डारी
इशान पाण्डे
अर्जुन कुमाल
खडक बहादुर बोहरा
नरेश बुढायर
भोजराज भट्ट
अमित श्रेष्ठ
नरेन साउद

यी १२ जना खेलाडी जो सर्वाधिक महंगोमा बिक्री भए

अनिल कुमार साह- जनकपुर बोल्ट्स

ललित राजवंशी- जनकपुर बोल्ट्स

गुलशन कुमार झा- कर्णाली याक्स

आरिफ शेख- सुदूरपश्चिम रोयल्स

सूर्य तामाङ- लुम्बिनी लायन्स

विवेक यादव- लुम्बिनी लायन्स

सन्दीप जोरा- लुम्बिनी लायन्स

सागर ढकाल- पोखरा एभेन्जर्स

प्रतिश जीसी- विराटनगर किंग्स

लोकेश बम- विराटनगर किंग्स

शाहब आलम- काठमाडौं गोर्खाज

भीम शार्की- काठमाडौं गोर्खाज

कुन टिमको अवस्था कस्तो छ ?

आतबार भएको अक्सनमा तीनवटठा टिम सन्तु्लित र अन्यभन्दा केही बलियो देखिएका छन् । ८ टिममध्ये अक्सनमा लुम्बिनी लायन्स, जनकपुर बोल्ट्स र कर्णाली याक्सले ए ग्रेडका तीन तीन जना खेलाडीलाई १५ लाख हालेर भित्र्याएको छ ।

लुम्बिनीले तीव्र गतिका बलर सूर्य तामाङ, विवेक यादव र सन्दीप जोरालाई १५ लाखमा भित्र्याएको हो । उसले बि ग्रेडका आशुतोष घिरैया, तिलक राज भण्डारी र अर्जुन साउदलाई भित्र्याउन सफल भएको छ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेल मार्की खेलाडी पाएको लुम्बिनी यस प्रतियोगीताको सबैभन्दा बलियोमध्येको एक टिम बनेको छ ।

अक्सनमा सहभागी भएका ८ वटै टिमको रोजाइमा परेका ओपनर ब्याटर अनिल साह अन्तत जनकपुरको पोल्टामा पुगेका छन् । जनकपुरले अनिलसँगै ललितनारायण राजवंशीलाई पनि १५ लाख हालेर भित्र्याउन सफल भएको छ । घरेलु क्रिकेटमा राम्रो पदर्शन गरेका रुपेश सिंह र किशोर महतो पनि जनकपुरको पाल्टामा पुग्दा जनकपुर अर्को सशक्त टिम बनेको छ ।

लुम्बिनी र जनकपुरलाई टक्कर दिने अर्को टिम कर्णाली यक्स हो । ७ टिमको रोजाइमा परेका र अक्सनको सबैभन्दा आर्कषक देखिएका गुल्सन झालाई कर्णालीले पाएको छ । सोमपाल कामी मार्की खेलाडी पाएको कर्णालीले गुल्सनसहित अर्जुन घर्ती र नन्दन यादवलाई टिममा भित्र्याएर अन्य टिमलाई टक्कर दिएको छ । तुलनात्मकरुपमा १२ टिममध्ये चितवन राइनोज कमजोर देखिएको छ । कुशल मल्ललाई मार्की खेलाडी पाएको चितवनले कुनै पनि खेलाडी अधिकतम मूल्यमा किनेको छैन ।

पहिलो पटकहुन लागेको नेपाल प्रिमियर लिग नेपाल क्रिकेट संघ क्यानको आयोजनामा आगामी मंसिर १६ देखि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ ।



प्रतिक्रिया दिनुहोस्