Logo

तीन वर्षको सेवासुविधा बापतको रकम बाढी पीडितलाई दिने पाँचखालका मेयर खरेलको घोषणा



काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले आफ्नो सेवा-सुविधा बापत आउने भत्ता बाढी पहिरो प्रभावित पालिकालाई दिने घोषणा गरेका छन्।

आइतबार बसेको कार्यपालिकाको बैठकबाट आधिकारिक निर्णय नै गराएर आफ्नो तीन वर्षको सेवा सुविधा बापत आउने १५ लाख रुपैयाँ बाढीपहिरो प्रभावित पालिकालाई दिने घोषणा गरेका हुन्।

बाढीपहिरोले गर्दा काभ्रेमा मानवीय क्षतिका साथै निजी आवास, सडक, जलविद्युत, शैक्षिक स‌स्था, कृषि, व्यवसाय लगायत क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। काभ्रे जिल्लाका १३ स्थानीय तहमध्ये १० वटामा बढी पहिरोले सोमबार बिहानसम्म ७८ जनाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्