Logo

बाढी पहिरोबाट मृत्यु हुनेको संख्या २४६ पुग्यो, कुन प्रदेशमा कति ?



काठमाडौं । अघिल्लो साता परेको अविरल वर्षात्का कारण पहिरो जाँदा मृत्यु हुनेको संख्या २४६ पुगेको छ ।

यो अवधिमा प्राकृतिक विपद्का घटनामा परी १८ जना बेपत्ता छन् । १७८ जना घाइते भएका प्रहरीले जनाएको छ । १७ हजार १७४ भन्दा बढी मानिसको उद्धार गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

बाढीपहिरोमा परी वाग्मती प्रदेशमा सबैभन्दा बढी १३९ जनाले ज्यान गुमाए । वाग्मतीमा सातजना बेपत्ता छन् । काठमाडौं उपत्यकामा मात्र ७० जनाको मृत्यु भएको छ । उपत्यकामा पनि सातजना बेपत्ता छन् ।

बाढीपहिरोमा परी कोसी प्रदेशमा २० जनाले ज्यान गुमाए । त्यहाँ २० जना बेपत्ता छन् । मधेस प्रदेशमा नौजनाको मृत्यु भएको छ । लुम्बिनी प्रदेशमा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

वर्षासँगै बाढीपहिरोले सडक, पुल, सार्वजनिक सम्पत्ति, व्यक्तिका निजी घर तथा आवासलगायत भौतिक संरचनामा पनि ठूलो क्षति पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्