Logo

रामबाबु र उपेन्द्रको बाटो अलग बनाउने ‘ब्लकबस्टर’ चलचित्र ‘जारी’ युट्युवमा रिलिज



काठमाडौं । उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘जारी’ इन्टरनेट रिलिज भएको छ । गतवर्ष बैशाख १ गते हलमा रिलिज भएको यो फिल्म निर्माता कम्पनी बाँसुरी फिल्म्सको युट्युव च्यानलबाट सार्वजनिक भएको हो ।

व्यवसायिक र समीक्षात्मक रुपमा सफल फिल्मले घरेलु बक्सअफिसमा १६ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको चलचित्र विकास बोर्डको विवरणमा उल्लेख छ । रामबाबु गुरुङले निर्माण गरेको फिल्ममा दयाहाङ राई, मिरुना मगर, प्रेम सुब्बा, विजय बराल, रोयदीप श्रेष्ठको मुख्य भूमिका छ ।

बाँसुरी फिल्म्सको युट्युव च्यानलबाट हिजो साँझ ५ बजे युट्युवमा अपलोड गरिएको हो । यो समाचार लेख्दासम्म चलचित्रले १० लाख ६२ हजार भ्यूज प्राप्त गरिसकेको छ । करिब ४ हजारले प्रतिक्रिया दिएका छन् ।

यो त्यही चलचित्र हो जसको रिलिजपछि यसका दुई प्रमुख निर्माताहरु उपेन्द्र सुब्बा र रामबाबु गुरुङबीच फाटो आयो । यो चलचित्रपछि रामबाबु र उपेन्द्रको बाटो अलग भयो । रामबाबुले ‘डिग्री माइला’ बनाए भने उपेन्द्रले मनसरा । दुवै चलचित्रले उल्लेख्य व्यापारिक सफलता पाउन सकेनन् ।



प्रतिक्रिया दिनुहोस्