Logo

चाडबाडको समयमा खाद्यन्नको मूल्य घटेको छ, हामी निरन्तर अनुगमनमा छौंः मन्त्री भण्डारी (भिडिओसहित)



काठमाडौं, २२ असोज । उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चाडबाडको समयमा सरकारले निरन्तर बजार अनुगमन गरिरहेको बताएका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बसहमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले चाडबाडको समयमा खाद्यन्नको बजार मूल्यसमेत घटेको उनले बताए ।

‘हामीले नियमित रुपमा अनुगमनको काम गरिरहेका छौं । अहिलेको बजारमूल्य तपाईँले हेर्नुभयो भने खासगरी खाद्यन्नमा त्यसमा पनि अत्यावश्यक वस्तुहरु चामल, चिनी, नुन, चिनी, चिउरा, मैदालगायतका वस्तुहरुमा मूल्य घटेको छ । इन्धनमा मूल्य घटेको छ । ग्यासमा हामीले ४१ रुपैयाँ अनुदान सहयोग गरेका छौं,’– उनले भने ।

तरकारीमा भने सवारी आवागमन अवरुद्ध हुँदा केही समय मुल्यबृद्धि भएको उनले बताए । साथै, काठमाडौंका सबै फलफूल पसलहरुमा मुस्ताङ र जुम्लाका स्याउहरुले पर्याप्त बजार पाएको उनले बताए । अहिले मूल्य आकासिएको स्थिति नरहेको उनले दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्