Logo

माधवलाई नफापेको १०औं महाधिवेशन, पार्टी जोगाउनै धौधौ



काठमाडौं, २२ असोज । पार्टीको १०औं महाधिवेशनपछि नेकपा (एकीकृत समाजवादी) मा चरम निराशा छाएको छ
। गत असारमा एकीकृत समाजवादीले १०औं महाधिवेशन गरेको थियो । महाधिवेशनले पार्टी अध्यक्ष, सम्मानित नेता, महासचिव र केन्द्रीय सदस्य सर्वसम्मत चयन गरेको थियो ।

तर, पोलिटव्यूरो र अरु पदाधिकारी चयनमा निर्वाचन भएसँगै एकीकृत समाजवादीमा चरम निराशा छाएको हो । नेताहरु जीवनराम श्रेष्ठ, डा.विजय पौडेल, हरि पराजुली, देवसिंह महतलगायतका नेताहरुले अध्यक्ष माधव कुमार नेपाललाई भेटेर पार्टी छाड्ने चेतावनी दिएका छन् । उनीहरुले पदाधिकारी र पोलिटव्यूरो खारेजीको माग गरेका छन् ।

तर, एकीकृत समाजवादीको उपाध्यक्ष जगन्नाथ खतिवडाले पार्टीमा समस्या भएपनि त्यो तहसम्मको स्थिति नरहेको बताए । ‘असन्तुष्ट साथीहरुलाई कसरी समेट्न सकिन्छ भन्नेमा उहाँहरुको चासो छ ।’ उनले भने, ‘असन्तुष्टिको राजनीति धेरै ठूलो नरहेको हुनाले के कारणले असन्तुष्ट भन्दाखेरी चुनाव हारेर असन्तुष्ट ।’ File Photo/RN



प्रतिक्रिया दिनुहोस्