Logo

मन्त्रिपरिषद्को निर्णयः मन्त्रीको विदेश भ्रमणदेखि अस्थायी दरबन्दीमा कर्मचारी भर्ती स्वीकृतसम्म (पूर्णपाठसहित)



काठमाडौं, २२ असोज । सरकारले गत मंसिर २१ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गरेको छ । आज सार्वजनिक भएको निर्णयमा राष्ट्रिय योजना आयोगकी सदस्य गीता कुमारी पौड्याल अधिकारीलाई थाइल्याण्डको बैंककमा हुने कार्यक्रममा सहभागी हुन अनुमति दिएको छ ।

त्यस्तै, मुलुकको अर्थतन्त्र सुधारका लागि रायसहितको प्रतिवेदन पेश गर्न पूर्वसचिव रामेश्वरप्रसाद खनालको संयोजकत्वमा पाँच सदस्यीय आर्थिक सुधार सुधार आयोग गठन गर्ने निर्णय पनि भएको छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गत विभिन्न आयोजना/निकायका लागि राजपत्राङ्कित पदको २६६ अस्थायी दरबन्दी स्वीकृत भएको छ । Photo By: Mukunda Kalikote/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्