Logo

राजेशपायल राईलाई आफ्नै गीतमा कपीराइट लागेपछि…



काठमाडौं । गायक तथा सर्जक राजेशपायल राईले आफ्नो नामबाट सार्वजनिक गरिएका गीतहरु अन्य प्लेटफर्ममा राखिएको भए तत्काल डिलिट गर्न आग्रह गरेका छन् । राईलाई आफ्नै गीतमा आफैंलाई कपीराइट लागेपछि यसतो आग्रह गरेका हुन् ।

“मेरो राइट्समा रहेका अधिकांश गीतहरू हालै मैले खोलेको अडियो प्ल्याटफर्ममार्फत डाउनलोड गर्न खोज्दा उल्टै मलाई कपीराइट लागेको सूचित गर्दछु,” गायक राईले भनेका छन् ।

उनले अन्य प्लेटफर्ममा रहेका गीतहरू हटाउन चेतावनी दिएका छन् । अन्यथा कानूनी उपचारमा जाने उनले बताएका छन् । “तपाईंले राख्नुभएको मेरो गीतहरू तुरुन्त डिलेट गर्नुहोला, अन्यथा म कानूनको उपचारमा लाग्नेछु,” उनले भने ।



प्रतिक्रिया दिनुहोस्