काठमाडौं । राष्ट्रिय प्रजतन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले विजया दशमीको दिन राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट टिका थाप्न शीतल निवास नजान आह्वान गरेका छन् ।
बुधबार मिश्रले पूर्व राजा ज्ञानेन्द्रको हातबाट किन टिका लाउने भन्ने प्रश्नको जवाफ दिँदै राष्ट्रपतिको हातबाट टिका थाप्नु यो देश र भावी पुस्तामाथि पाप गर्नु बारबर भएको जिकिर गरेका छन् ।
राजा ज्ञानेन्द्र र किन राजासँग दशैँको टिका लगाउने र राष्ट्रपतिसँग नलगाउने ? भन्नेबारे मिश्रले भनेका छन् ‘राजाको आजको दशैँ शुभकामना सन्देश पढ्दै गर्दा म सदा भनेजसो हिंसाग्रस्त मध्यपूर्वमा सिरिया, इजरेल, प्यालेस्टाइन, इराक, साउदी अरेबिया जस्ता देशले घेरिएको राष्ट्र जोर्डनलाई त्यहाँको अर्धसंवैधानिक राजसंस्थाले कसरी जटील मोडहरूमा बचाएर आज सो क्षेत्रकै स्थिर देश बनायो भन्नेबारे सोचिरहेको थिएँ। देशलाई बचाउन राजसंस्थाले कहिले सबै प्रजातान्त्रिक अधिकार कटौति गरिदियो, अनेकौँ युद्धको सामना गर्यो, शरणार्थी संकट ब्योहोर्यो, राजा अब्दुल्लाको त सन् १९५१ मा हत्या नै भयो, र उनका उत्तराधिकारी राजा हुसेनको पनि हत्या प्रयास गरियो। तर पनि जोर्डनका जनताले राजसंस्था जोगाए’ ।
राष्ट्रपतिको आलोचना गर्दै पूर्व राजा ज्ञानेन्द्रको बखान गरेका मिश्रको यस्तो छ स्टाटस्
नेपाल “शान्त राष्ट्र” को रूपमा घोषित होस्!
-राजा ज्ञानेन्द्र र किन राजासँग दशैँको टिका लगाउने र राष्ट्रपतिसँग नलगाउने ?
राजाको आजको दशैँ शुभकामना सन्देश पढ्दै गर्दा म सदा भनेजसो हिंसाग्रस्त मध्यपूर्वमा सिरिया, इजरेल-प्यालेस्टाइन, इराक, साउदी अरेबिया जस्ता देशले घेरिएको राष्ट्र जोर्डनलाई त्यहाँको अर्ध-संवैधानिक राजसंस्थाले कसरी जटील मोडहरूमा बचाएर आज सो क्षेत्रकै स्थिर देश बनायो भन्नेबारे सोचिरहेको थिएँ। देशलाई बचाउन राजसंस्थाले कहिले सबै प्रजातान्त्रिक अधिकार कटौति गरिदियो, अनेकौँ युद्धको सामना गर्यो, शरणार्थी संकट ब्योहोर्यो, राजा अब्दुल्लाको त सन् १९५१ मा हत्या नै भयो, र उनका उत्तराधिकारी राजा हुसेनको पनि हत्या प्रयास गरियो। तर पनि जोर्डनका जनताले राजसंस्था जोगाए।
राजसंस्था नभैदिएको भए आज जोर्डनको स्थिति छेऊको सिरीयाजस्तै हुने निश्चित थियो। राजा ज्ञानेन्द्रको दशैँ शुभकामना सन्देशमा निहित शब्द-शब्दमा इमान, प्रतिवद्ता, देशभक्ति र दृढता छ, जुन बर्तमानका कुनै पनि नेतामा पाईँदैन।
“शान्त राष्ट्र” को सोच “शान्ति क्षेत्र” को सोचको निरन्तरता हो। बदलिँदो विश्व भूराजनीतिको परिप्रेक्षमा यसलाई नेपालको परराष्ट्र नीतिको एउटा खम्बा बनाउनु दूरदृष्टिपूर्ण हुनेछ। “शान्ति क्षेत्र”को प्रस्तावलाई २०३१ सालमा स्वीकार नगरेको भारतले बदलिँदो विश्व परिस्थितिमा संभवत: “शान्त राष्ट्र” को प्रस्तावलाई स्वीकार गर्नेछ।
राजाको “बेचैनी” बढ्दा र राजाको स्वीकार्यता बढ्दा, दलहरूको बेचैनी बढ्नु पर्दैन। किनभने, राजाले दलहरूलाई न्यूनिकरण गरेर या दलहरूले राजालाई न्यूनिकरण गर्न खोजेर यो देशको हित नहुने रहेछ भन्ने स्पष्ट भइसक्यो।
बदलिएको भूराजनीतिक भूमरीका बीच प्रजातन्त्र सहितको राजसंस्था पुनर्स्थापित नगर्ने हो भने — नेपालको भविष्य छैन। त्यसैले, दशैँमा राजाकै हातबाट टिका लगाउन जाने हो। देश पतित बनाउँदै अन्ततोगत्वा ध्वस्त पार्ने व्यवस्थाका प्रतिक राष्ट्रपतिको हातबाट टिका लगाउनु भनेको यो देश र भावी पुस्तामाथि पाप गर्नु हो।