Logo

हर्क साम्पाङले उपमेयरलाई कार्यवाहक नदिएपछि धरानमा विवाद



काठमाडौं, २४ असोज । धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएका छन् । बेलायतको भ्रमणमा जान लागेको साम्पाङले वडा नं. ११ का अध्यक्ष लोकेन्द्र फागोलाई कार्यवाहकको जिम्मेवारी दिएका हुन् ।

प्रमुख साम्पाङले उपमेयर आइन्द्र विक्रम बेघालाई कार्यवाहक दिनुपर्नेमा अरुलाई दिएको भनी आलोचना भइरहेको छ । मेयर साम्पाङ बेलायत भ्रमणमा जान लागेकाले अगामी असोज २८ गतेबाट लागू हुनेगरी फागोलाई कार्यवाहक दिइएको छ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्