Logo

राँगोले हानेर एक जनाको मृत्यु



काठमाडौं, २४ असोज । पोखरामा राँगोले हानेर पोखरा– ३३ का धनन्जय आचार्यको मृत्यु भएको छ । आफ्नै दाजुले सञ्चालन गरेको भैंसी फर्ममा गएका बेला राँगोले हानेर उनको मृत्यु भएको बताइएको छ । उनी घाँसपानीका लागि फर्ममा जाँदा उक्त घटना भएको बताइएको छ ।

मृतक आचार्य सिर्जना बोर्डिङ स्कुल र जनचेतन माविमा शिक्षण पेशमा संलग्न थिए । ३७ वर्षीय आचार्यको शव राँगोले हानेर क्षतविक्षत अवस्थामा भेटिएको कास्की प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्