Logo

धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएकी रश्मीको निधन



काठमाडौं, २४ असोज । धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएकी गोरखाको पालुङटार नगरपालिका–७ की २८ वर्षीय रश्मी कुमालको निधन भएको छ ।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार बुधबार मध्यराति अपरिचित व्यक्तिले रश्मीमाथि धारिलो हतियार प्रहार गरेका थिए । धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएकी उनको तनहुँको दमौली अस्पतालमा मृत्यु भएको हो ।

७ वर्षीय एक छोराको साथमा बस्दै आएकी रश्मीका श्रीमान वैदेशि रोजगारीमा छन् । उनको हत्या कसले, किन गर्यो भन्ने अहिलेसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्