Logo

पार्टी मुख्यालय च्यासलमा एमाले सचिवालय बैठक जारी



काठमाडौं, २४ असोज । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक जारी रहेको छ । पार्टी मुख्यालय च्यासलमा केहीबेर अघिबाट बैठक सुरु भएको हो । आजको बैठकमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज आकस्मिक बैठक बोलाएका थिए ।

बैठकमा पार्टी केन्द्रीय कार्यालयको भवन शिलान्यासको बारेमा निर्णय हुने बताइएको छ । स्रोतका अनुसार ओलीले भोलि (अष्टमी, नवमी) को दिन पारेर काठमाडौँ कलंकीमा पार्टी केन्द्रीय कार्यालय भवनको शिलान्यास गर्दैछन् ।

बैठकमा पार्टी अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष, रामबहादुर थापा, सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, महासचिव शङ्कर पोखरेललगायतको उपस्थिति छ ।

विपद् व्यवस्थापनमा पार्टीले खेल्ने भूमिका, पार्टीको सङ्गठन सुदृढीकरण, स्थानीय तहको उपनिर्वाचनलगायतका विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्