Logo

एमालेका नेता/कार्यकर्तालाई ओलीको दसैं ‘सरप्राइज’, पार्टी केन्द्रीय कार्यालयको भवन शिलान्यास भोलि



काठमाडौं, २४ असोज । नेकपा (एमाले) ले भोलि पार्टी केन्द्रीय कार्यालयको भवनको शिलान्यास गर्ने भएको छ । कीर्तिपुर नगरपालिका– २ मैत्रीनगरमा रहेको ११ रोपनीभन्दा बढी क्षेत्रफलमा एमाले केन्द्रीय कार्यालय बन्दैछ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार आज बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो । भोलि (शुक्रबार) १२ बजेर २५ मिनेटमा पार्टी कार्यालयको भवन शिलान्यास गर्ने कार्यक्रम रहेको उनले बताए । पार्टी केन्द्रीय कार्यालय भवनको शिलान्यास प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् ।



प्रतिक्रिया दिनुहोस्