Logo

वीपी राजमार्गमा सुख्खा पहिरो, आजदेखि सञ्चालनमा आउने सम्भावना न्यून



काठमाडौं, २५ असोज । वीपी राजमार्ग सञ्चालनका लागि ट्रयाक निर्माण भएपनि रोशी गाउँपालिका–११ मा सुख्खा पहिरोका कारण आज सञ्चालनमा आउने सम्भावना न्यून रहेको बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत आज १० बजेदेखि वीपी राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आउने जानकारी गराएका थिए ।

तर, इलाका प्रहरी कार्याल मंगलटारका प्रहरी इन्स्पेक्टर कृष्ण गिरीले रिपोर्टर्स नेपाललाई गराएको जानकारीअनुसार सुख्खा पहिरो अहिले पनि जारी रहेको छ । उनले आज सो सडक सञ्चालनमा आउने सम्भावना कमै रहेको बताए ।

‘सञ्चालनका लागि ट्रयाकहरु निर्माण भएको थियो । तर, रोशी गाउँपालिका–११ को सडक खण्डमा सुख्खा पहिरोका कारण सडक अवरुद्ध भएको छ । पहिरो अहिले पनि निरन्तर आइरहेको छ,’– उनले रिपोर्टर्स नेपालसँग भने ।



प्रतिक्रिया दिनुहोस्