Logo

शेरबहादुर देउवा हल्लिएको दिन यो सरकार रहँदैनः माओवादी उपमहासचिव शर्मा (भिडिओसहित)



काठमाडौं, २५ असोज । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले संख्याको रुपमा दुई तिहाई बहुमतको सरकार भएपनि जनताको पक्षमा काम नभएको टिप्पणी गरेका छन् । हिजो (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले जनतामा रहेको व्याप्त निराशा, जनताका आकांक्षा र समस्याको समाधान गर्नेतर्फ वर्तमान सरकारले काम गर्न नसकेको बताएका हुन् ।

साथै, माओवादी वर्तमान सरकार ढलोस् भन्ने पक्षमा नरहेको बताए । उनले आफूहरुले सुशासनको पक्षमा सरकारलाई खबरदारी गरिरहने उनले बताए । नेता शर्माले वर्तमान सरकार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको हातमा निहित रहेको बताए । उनले देउवा हल्लिएको दिन वर्तमान सरकार बाँकी नरहने बताए ।

‘सरकार ढाल्ने र हामी फेरि सरकारमा जाने माओवादीको सोच छैन । हामी त्यो गर्दैन । हामीले ढालेर ढल्ने पनि होईन, हामी ढाल्दापनि ढाल्दैनौं । यो सरकार अहिले कांग्रेसका सभापति शेरबहादुर देउवाको हातमा निर्भर छ । उहाँले यो सरकारलाई कसरी लैजान चाहनुहुन्छ, उहाँको हातमा छ । उहाँ नहल्लिएसम्म यो सरकार केही पनि हुँदैन । उहाँ हल्लिएको दिन यो सरकार रहँदैन,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्