Logo

पूर्वतयारीमा जाँगर नचलाउँदा देश नै डेङ्गुले ढाक्योः सरुवा रोग विशेषज्ञ डा. पुन (भिडिओसहित)



काठमाडौं, २८ असोज । सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले पूर्वतयारीको अभावमा डेङ्गुले देश नै ढाकेको बताएका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै डा. पुनले स्थानीय सरकार र जनता लामखुट्टे नियन्त्रणमा चुकेको बताए । लामुखेट्टे नियन्त्रण नगर्ने हो भने यो समस्या आउँछ भन्ने पूर्वअनुमान हुँदाहुँदै पनि सरकारले काम गर्न नसकेको उनले बताए ।

‘सनसुन सुरुहुनु अगाडिदेखि नै हामीले तयारीमा व्यापक जाँगर चलाउनु पर्ने थियो । त्यहाँनिर हामीले त्यति चासो दिन नसकेको, गर्न नसकेको जस्तो लाग्छ मलाई । जसले गर्दा पछिल्लो समयमा डेङ्गुले देश नै ढाकेको अवस्था छ,’– उनले भने ।

डेङ्गी नियन्त्रणका लागि तीनै तहको सरकारबीच राम्रो समन्वय हुन आवश्यक रहेको उनले बताए । साथै, आम नागरिक पनि सचेत हुन जरुरी रहेको उनले बताए । डा. पुनले अहिले समुदायमा डेङ्गी संक्रमितको अवस्था एकदमै डरलाग्दो रहेको बताए ।

डेङ्गु प्रत्येक वर्ष कडा स्वरुपमा देखा परिरहेको उनले बताए । डा. पुनले अहिलेसम्मको तथ्याङ्कलाई आधार मान्दा डेङ्गु नियन्त्रणका लागि आगामी वर्ष सहज नरहेको बताए ।



प्रतिक्रिया दिनुहोस्