Logo

जनतामा आशाको सन्देश प्रवाह गर्न कार्यकर्ताहरुलाई एमाले महासचिव पोखेरेलको निर्देशन



काठमाडौं, २८ असोज । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले विकासमा राजनीतिक सहमति आवश्यक रहेको बताएका छन् । दाङको तुलसिपुरस्थित गृहवडामा आयोजित अगुवा कार्यकर्ता भेलामा महासचिव पोखरेलले जनतालाई आशाको सन्देश प्रवाह गर्न कार्यकर्ताहरुलाई निर्देशन दिए ।

उनले जनताले नयाँ कुरा अपेक्षा राख्नु स्वभाविक भएको भन्दै सरकारले अघि सारेका नयाँ कुरा जनतामा पुर्याउन आग्रह गरे । महासचिव पोख्रेलले केपि शर्मा ओली नेतृत्व सरकारले विकासका माध्यमबाट जनताको जीवनस्तर उकास्ने, बदल्ने, पशुपालन, खेतीपातिमा नयाँपन, पूर्वाधार निर्माण, रोजगार बढाउन र सिर्जना गर्ने काम अघि बढाएको बताए ।

उनले फरक प्रसङ्गमा घोराही तुलसिपुर सडकखण्डमा रहेका खोलामा फोरलेनकै पुल निर्माण सुरु भएको र फोरलेन सडकको पुन ठेक्का प्रक्रिया अघि बढेको बताए ।



प्रतिक्रिया दिनुहोस्