Logo

फुङलिङ नगरप्रमुख मादेनको पहिलो प्राथमिकता शिक्षा, एमबीबीएसदेखि हाईड्रो इन्जिनियरिङ पढ्न अनुदान (भिडिओसहित)



काठमाडौं, २९ असोज । ताप्लेजुङको फुङलिङ नगरपालिका प्रमुख अमिर मादेनले आफू निर्वाचित भएपछि नगरभित्रका भौतिक पूर्वाधार विकास, शिक्षा, स्वास्थ्यलगायतका विषयमा काम गरिरहेको बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले विशेषतः आफूले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।

‘जनताको छोराछोरीलाई गुणस्तरीय शिक्षा दिन सक्नुपर्छ । जनताको छोराछोरी भनेको आफ्नै छोराछोरीजस्तै हो । हाम्रो ८ वटा मावी छ । जम्मा ५४ वटा विद्यालयहरु छ । शिक्षा क्षेत्रमा मैले कडाइ गरेको छु । प्रत्येक महिनामा प्रधानाध्यापकहरुको मिटिङमा म उहाँहरुलाई सल्लाह सुझाव दिन्छु । कडाइ गर्दागर्दै पनि यसपाली एउटा मावीले एसईईमा निल खायो,’– उनले भने ।

आफू निर्वाचनमा जाँदै गर्दाको वाचाअनुसार नगरपालिकाले आफ्नै खर्चमा नगरभित्रका एक जनालाई एमबीबीएस पढाइरहेको उनले बताए । त्यस्तै, आईटी इन्जिनियर, भेटेनरी डाक्टर, हाइड्रो इन्जिनियर पढाउन पनि नगरले अनुदान दिएकोे र बुहारी शिक्षाको समेत सञ्चालन गरिएको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्