Logo

पाथीभरा मातालाई हेलचक्र्याईँ गर्दा तत्कालीन मन्त्री अधिकारी सवार हेलिकोप्टर दुर्घटना भएको मेयर मादेनको दाबी (भिडिओसहित)



काठमाडौं, २९ असोज । तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर दुर्घटना हुँदा २०७५ फागुन १५ गते उनीसहित सात जनाको निधान भयो । तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरिक्षणका लागि गएको तत्कालीन मन्त्री अधिकारीसहितको टोली पाथीभरा मन्दिर दर्शन गरेर त्यसतर्फ प्रस्थानगर्दा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा मन्त्री अधिकारीसहित यति एयरलाईन्सका प्रबन्ध निर्देशक आङ छिरिङ शेर्पा, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, नागरिक उड्डयान प्राधिकरणका निर्देशक ध्रुब भोछिभोय, उपनिर्देशक दिपेन्द्रकुमार श्रेष्ठ, सुरक्षाकर्मी अर्जुन घिमिरे र पाइलट प्रभाकर केसीको निधन भएको थियो ।

ताप्लेजुङको फुङलिङ नगरपालिका प्रमुख अमिर मादेन पाथीभरा मातालाई हेलचक्र्याईँ गर्दा उक्त दुर्घटना भएको बताउँछन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पाथीभराको मन्दिरमा जाने जो कोही पनि चोखोनितो गरेर जानुपर्ने बताए । उनले मन्त्री अधिकारीसहितको टिमले मासुभात खाएर देवीको मन्दिरमा दर्शन गर्दा अनिष्ट भएको दाबी गरे ।

‘पाथीभरा माताकोमा मासुभात खाएर दर्शन गर्न कोही पनि जाँदैन । अहिलेसम्म कुनै पनि भक्तजनहरुले मासुभात खाएर पाथीभरा माताको दर्शन गर्नुपर्छ भनेको छैन । त्यो होलिकोप्टर कसरी दुर्घटना हुनपुग्यो भन्दाखेरी उहाँहरु कार्यक्रम सिध्याएर मासुभात खाएर पाथीभरा माताको दर्शन गर्न आउनुभयो । उहाँहरुले हेलचक्र्याईँ गर्नुभयो । उहाँहरुले पाथीभरा डाँडामा हेलिकोप्टार ल्याण्ड गरेर मन्दिरको दर्शन गर्न पुगिसकेपछि एकछिनमा हावाहुरी आयो । हावाहुरी आएपछि कमसेकम एकछिन पर्खिनुपर्थ्यो । मृत्युको मुखमा पुगेपछि रोक्न सकिँदैन भन्छन् । पाइलटले पनि अहिले झन हावाहुरी चल्छ कि भन्ने हिसाबले उडाउँदा उडाउँदै गिरेको हो । पाथीभराको महिमा, पाथीभराको दर्शन गर्न जाँदा नुहाएर, चोखो भएर जानुहोला,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्