Logo

निलम्बित प्रहरी निरीक्षक विनुकुमारी शाहीविरुद्ध पक्राउ पुर्जी जारी



काठमाडौं, ३० असोज । एक व्यक्तिलाई नियन्त्रणमा लिएर ३० लाख आर्थिक लेनदेन गरेको आरोप लागेपछि निलम्बित भएकी प्रहरी निरीक्षक विनुकुमारी शाहीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

निलम्बित प्रहरी निरीक्षक शाहीसहितको टिमले बलात्कार मुद्दामा फसाइदिने धम्की दिएर आर्थिक लेनदेन गरेको आरोप थियो । यो प्रकरणमा छानबिन गर्न जिल्ला प्रहरी परिसर, ललितपुरका डीएसपी नरहरि अधिकारीको नेतृत्वमा ७ सदस्यीय छानबिन समिति बनेको थियो । समितिको प्रतिवेदनका आधारमा उनलाई कारबाही हुन लागेको हो ।

उक्त घटनामा संलग्न रहेको आरोपमा एक सहायक प्रहरी हवल्दारसहित चार जना पक्राउ परिसकेका छन् । पक्राउ पुर्जी जारी भएसँगै निलम्बित प्रहरी निरीक्षक शाहीको खोजी भइरहेको बताइएको छ ।

यो पनि पढ्नुहोस्ः बलात्कार मुद्दामा फसाईदिने भन्दै ३० लाख मागेको आरोपमा भैंसेपाटीकी इन्स्पेक्टर शाही निलम्बित, छानबिन समिति गठन



प्रतिक्रिया दिनुहोस्