Logo

दान दिने भए देशलाई ऋणमुक्त बनाउन साथ देउ, पार्टी कार्यालय चाहीँ प्रत्येक सदस्य मिलेर बनाउनुपर्छः कांग्रेस महामन्त्री शर्मा



काठमाडौं, ३० असोज । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा (एमाले) ले पार्टी कार्यालय बनाउन दान लिनु गलत रहेको टिप्पणी गरेका छन् । महामन्त्री शर्माले दान दिने भए देशलाई ऋणमुक्त बनाउन साथ दिन आह्वान गरेका छन् । पार्टी कार्यालय प्रत्येक सदस्यको योगदानले बन्नुपर्ने उनको भनाइ छ ।

व्यवसायी मिनबहादुर गुरुङले एमाले पार्टी कार्यालय बनाउनका लागि १० रोपनी १४ आना जग्गा दान गरेका थिए । उक्त विषय अहिले विवादमा तानिएको छ । एमालेका नेताहरु स्वयंले यो विषयमा असन्तुष्टि व्यक्त गर्न थालेका छन् । यसैबीच कांग्रेस महामन्त्री शर्माले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा व्यक्त गरेका हुन् । उनले समाजिक सञ्जालमार्फत भनेका छन्ः

स्वदेश र विदेशमा रहेका हरेक काँग्रेस सदस्य गर्व गर्छन् । हाम्रो केन्द्रीय कार्यालय हामीले बनाएका हौं । कयौं व्यवसायीको ससानो धन पनि यो निर्माणमा सरिक छ । तर, मुलत यसमा पार्टी सदस्यको मन जोडिएको छ । श्रमिक, किसान, सयौं शुभचिन्तक एवं समर्थकको अपनत्व र स्वामित्व यसमा छ ।

त्यसबेलाका ४ लाख बढी कृयाशिल सदस्यको सदस्यताको रकम यसमा प्रयोग भएको छ । सामाजिक न्याय सहितको उदार अर्थव्यवस्थाको नितिलाई फराकिलो अभ्यासमा काँग्रेसले अघि बढायो । जसले गर्दा निजि क्षेत्रको तीब्र विकास सहज बन्यो । आज भारत र बंगलादेशलाई बिजुलि बेच्न सक्ने अवस्थामा देशलाई पुर्‍याउन निजि क्षेत्रको उल्लेखनिय भुमिका छ ।

हाल उत्पादित ३१३० मेगावाटमध्ये २४९५ मेगावाट विद्युत उत्पादन निजि क्षेत्रले गरेको छ । एयरलाइन्सहरु, दर्जनौं बैंक र वित्तीय संस्थाहरु, कयौं अस्पताल र सयौं उधोग, शैक्षिक प्रतिस्ठानहरु, संचार)उधमहरु, होटल आदिमा निजि क्षेत्रले खर्बौं रुपैयाँ लगानी गरेको छ ।

यसबाट सिंगो देश लाभान्वित छ । काँग्रेसले देश लाभान्वित हुने नीति लिएर निजि क्षेत्रलाई प्रोत्साहित गर्‍यो । निजिक्षेत्रलाई थप प्रोत्साहित गर्दै देशको ढुकुटीमा राजस्व बढाउने र रोजगारी सृजनाको दायरा विस्तारित गर्ने कार्य यतिबेला राज्यको बिशेष प्राथमिकतामा रहनुपर्छ । सामाजिक उत्तरदायित्व अन्तर्गत निजिक्षेत्रले गरिरहेका कार्यमा राज्य र राजनैतिक दलले भन्नैपरे । भुकम्प प्रभावितलाई हजार घर बनाइदेउ । गाउँमा शैक्षिक संस्था र स्वास्थचौकिका भवनहरु बनाइदेउ । अनि बनाइदेउ बाढिले नबग्ने सय पुल । अनि बनाउ एउटा आकर्षक रंगशाला ।

्अझ ठुलो दान लिने दिने भए देशलाई ऋणमुक्त बनाउन साथ देउ । यस्तो पनि त भन्न मिल्छ । तर जहाँसम्म पार्टी कार्यालयहरुको कुरा छ, त्यो चैं मुलत पार्टी सदस्यहरुले मिलेर बनाउनु पर्छ । मुठ्ठी बटारेर आकाशमा उचाल्नेहरु, प्रत्येकले आफ्नो केन्द्रीय कार्यालय बनाउन एकएक मुठ्ठीको योगदान गर्न पाउनुपर्छ । भवन बलियो भावनाहरु गाँसेर हुनुपर्छ । मेरो पनि योगदान छ भनेर प्रत्येकले अपनत्व बोध गर्न पाउनुपर्छ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्