Logo

संघीय संसद्को आगामी अधिवेशनमा प्रहरीसम्बन्धी विधेयक अगाडि बढाइने गृहमन्त्री लेखकको प्रतिवद्धता



काठमाडौं, ३० असोज । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीको संगठन सुदृढीकरण गर्न विद्यामान कानुनी व्यवस्थालाई प्रतिस्थापन गरी नयाँ कानुन ल्याउन आवश्यक रहेको बताएका छन् । ६९ प्रहरी दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई समसामयिक बनाउन कानुन निर्माणको निमित्त विधेयक अगाडि बढाइएको बताए ।

‘हामीले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सम्बन्धी कानुन निर्माण गर्नका लागि विधेयक अगाडि बढाइसकेका छौं । संघीय संसद्को आगामी अधिवेशनबाट यी दुवै सुरक्षा फौजका निमित्त नयाँ कानुन निर्माण गरेर समसामयिक कानुन अगाडि बढाइने छ,’– उनले भने ।

साथै, नयाँ कानुन प्रचलनमा आएपश्चात प्रहरीको बृहत्तर हित, कर्मचारीहरुको बृत्ति विकास र संगठनमा नयाँ आयम स्थापित हुने उनले बताए । प्रहरीलाई उत्प्रेरणा प्रदान गर्ने गरी नयाँ कानुन आउने उनले विश्वास व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्