Logo

प्रधानमन्त्री ओलीको चेतावनीः सरकार दुई तिहाई नजिकको छ भन्ने हेक्का रहोस्, यो खरानीको डल्लो होईन



काठमाडौं, ३० असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार लगभग दुई तिहाइ नजिकको रहेको कु्रा हेक्का राख्न चेतावनी दिएका छन् । ६९ प्रहरी दिवसमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले वर्तमान सरकारलाई खरानीको डल्लो नसोच्न चेतावनी दिएका हुने । उनले कांग्रेस–एमालेको इतिहास मुलुकलाई परिवर्तन गर्ने कुरामा रहेको बताए ।

‘ठूलो योगदान र इतिहास बोकेका नेपाली कांग्रेस र एमाले मिलेर अहिलेको सरकार बनेको छ । सरकार लगभग दुई तिहाई नजिकको छ भन्ने कुरा सबैमा हेक्का रहोस् । यो खरानीको डल्लो होईन् । एमाले र कांग्रेसको इतिहास यो देशलाई परिवर्तन गर्ने कुरामा छ । त्यस्ता पार्टीहरुको सरकार हो,’– उनले भने ।

साथै, वर्तमान सरकार आगामी २०८४ निर्वाचनसम्म नै अगाडि बढ्ने उनको दाबी छ । उनले अब आफूले एक वर्ष ९ महिना नेतृत्व गरेर कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने पनि बताए । उनले ०८४ अगाडि सरकार परिवर्तन हुने हल्ला पूरा नहुने बताए ।

‘अहिले दिनै सरकार परिवर्तनको हल्ला सुनिन्छ । दसैंपछि तुरुन्त परिवर्तन हुन्छ रे । कुन दसैं भनेको हो ? ०८४ सालको दसैंपछिको चुनावमा ? ठीकै हो । त्यसभन्दा यता म १ वर्ष ९ महिना रहन्छु । त्यसपछि शेरबहादुरजीलाई हस्तान्तरण गर्छु । मैले पहिला नै भनेको छु । आफैं फेरिन्छ यो सरकार । त्यसपछि शेरबहादुरजीले नेतृत्व गर्नुहुन्छ । चुनाव उहाँको नेतृत्वमा हुन्छ,’– उनले भने । File Photo/RN



प्रतिक्रिया दिनुहोस्