Logo

अभिनेता विपीन कार्कीलाई पुत्रीलाभ



काठमाडौं । कलाकार विपीन कार्कीलाई पुत्रीलाभ भएको छ । उनलाई बुधबार पुत्रीलाभ भएको हो । यो उनको दोस्रो सन्तान हुन् । विपीनको पहिलो सन्तान पनि छोरी नै रहेकी छन् ।

विपीनकी पत्नी रेस्मा कटुवालले बुधबार बिहान सुमेरु सिटी अस्पतालमा दोस्रो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी हुन् ।

श्रीमती र छोरीसँग अस्पतालमा रहेका विपीन अबको केही दिनपछि पुनः आफ्नो काममा फर्कने तयारीमा छन् ।



प्रतिक्रिया दिनुहोस्