Logo

यस्तो छ बिपी राजमार्गको पछिल्लो अवस्था, तस्बिरहरु



काठमाडौं । गत असोज १०, ११ र १२ गते परेको अविरल वर्षा र बाढी पहिरोका कारण अवरुद्ध विपी राजमार्ग अस्थायी रुपमा सञ्चालनमा आएतापनि यात्रुले भने सास्ती भोग्नुपर्ने बाध्यता हट्न सकेको छैन् । अविरल वर्षपछि आगएको बाढीले राजमार्गको भकुण्डेबेसी बर्षेखोला खण्डको करिब ८ किमीभन्दा बढी लम्बाईको सडक पूर्ण रूपमा बगाएको थियो ।

उक्त ठाउँमा हाल ट्रयाक निर्माण गरी साना सवारी साधनको लागि मात्र आवागमन खुलाइएकोमा चौकीडाँडा र माम्ती खोला नजिकको डाइभर्सन निर्माण गरि यसअघि सो राजमार्गमा यातायात सञ्चालनका लागि अनुमति प्राप्त सवारी साधन सञ्चालनमा ल्याइएको छ ।

उक्त खण्डमा सुख्खा पहिरो झर्ने सम्भावना रहेकोले रातीको समयमा यात्रा नगर्न भनिएको छ । अस्थायी रुपमा सडक सञ्चालनमा आएको र दशैंको लागि घर गएका यात्रुहरु राजधानी फर्किँदा सडक जाम भएको छ । सवारी साधनको भीडका कारण राजमार्ग भएर हिँड्ने यात्रुले असहज महसुस गरेको गुनासो गरेका छन् ।


यस्तो छ बिपी राजमार्गको पछिल्लो अवस्था, हेर्नुहोस् तस्बिरमा



प्रतिक्रिया दिनुहोस्