Logo

एमालेको दाने जग्गाबारे कांग्रेस नेता खतिवडाको टिप्पणीः मिनबहादुरले भाटभटेनी नै दान दिएपनि हामीलाई आपत्ति छैन (भिडिओसहित)



काठमाडौं, २ कार्तिक । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले व्यवसायी मिनबहादुर गुरुङले नेकपा (एमाले) लाई दान दिएको विषयमा आफूले विरोध नगरेको बताएका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले दान दिन पाइने भएपनि समय उपयुक्त नभएको बताएका हुन् । मीनबहादुरले भाटभटेनी नै दान दिएपनि कांग्रेसलाई आपत्ति नरहेको उनले बताए ।

‘अहिलेको सय दिन नेकपा (एमाले) को पार्टी अफिसमात्रै शिलान्यास भयो भन्नु भन्दा अरबौं पैसाको हस्पिटलको प्रधानमन्त्रीले उद्घाटन गर्नुभयो । धुलिखेलभन्दा परतिर बाटो त्यस्तो थियो, ओखलढुङ्गामा अस्पताल थिएन । हामीले हस्पिटल बनाउन लागेका छौं । एक अर्ब भएपनि पुग्थ्यो । कतिराम्रो उद्दाहरण हुन्थ्यो मिनबहादुरजीको पनि उहाँको पनि । पार्टी अफिसभन्दा त्यो काम गरेको भए राम्रो हुनेथियो भनेको, विरोध गरेको होईन । दान दिन किन नपाउने ? भाटभटेनी पूरै दान दिएपनि हामी केही भन्दैनौं,’– उनले भने ।

साथै, वर्तमान सत्ता गठबन्धनमा अहिले कुनै दरार नरहेको उनले बताए । तर, वर्तमान मन्त्रीहरुले प्रभावकारी काम गर्न नसकेको उनले बताए । उनले स्वास्थ्य, पर्यटनलगायतका क्षेत्रमा काम हुन नसकेको बताए ।



प्रतिक्रिया दिनुहोस्