Logo

रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी हुनसक्ने आशंकाबीच कास्की जिल्ला अदालतका ७ मध्ये ६ न्यायाधीश बिदामा



काठमाडौं । पूर्व उपप्रधान तथा गृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछाने विरुद्ध पक्राउ पूर्जी जारी हुने आशंकाका बीच कास्की जिल्ला अदालतका ७ मध्ये ६ जना न्यायाधीश बिदामा बसेका छन् । उनीहरू सबैले एकै पटक घर बिदा लिएका हुन् ।

कास्की जिल्ला अदालतमा ७ जना न्यायाधीश रहेका छन् । ती मध्ये न्यायाधीश कृष्णजंग शाहमात्र बिदामा बसेका छैनन् । यद्यपि उनीपनि यतिबेला सम्म अदालतमा उपस्थित भएका छैनन् । उनले आफू आउने जानकारी दिएका छन् । न्यायाधीशहरु नवराज दाहाल, हिमलाल बेल्बासे, भोलानाथ ढकाल, हरिप्रसाद कोइराला, चन्द्रकान्त पौडेल र नीतिज राई बिदामा बसेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेलाई तत्काल पक्राउ गर्न सरकारमाथि दबाब दिएका छन् । संसदीय छानबिन समितिको सिफारिश बमोजिम लामिछानेमाथि कारबाही अघि बढाउन सरकारमाथि दबाब छ । यही प्रकरणमा लामिछानेको व्यवसायिक साझेदार छविलाल जोशी पक्राउ परिसकेका छन् ।

जिल्ला अदालत कास्कीले आजै रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने विरुद्ध पक्राउ पूर्जी जारी गर्न सक्ने हल्ला चलिरहेको छ । रवि विरुद्ध पक्राउ पूर्जी जारी गर्ने अनुमति दिँदा विवादमा फस्ने डरले अन्य न्यायाधीशहरु एकै पटक बिदामा बसेको चर्चा चलेको छ ।



प्रतिक्रिया दिनुहोस्