Logo

पूर्वजर्नेल बस्न्यातद्वारा लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणको भर्त्सना



काठमाडौं, २ कात्तिक । नेपाली सेनाका अवकाशप्राप्त सहायक रथी डा.प्रेमसिंह बस्न्यातले लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणको भर्त्सना गरेका छन् । आज (शु्क्रबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले संयुक्त राष्ट्रसंघलाई नै कमजोर बनाएर शान्ति सेनामाथि आक्रमण भएको बताए ।

‘अन्तर्राष्ट्रिय अदालत (आईसीजे) ले इजरायललाई तैले गल्ती गरेको छस् भनिसक्यो । रोक लडाईँ, नहान भनिरहेको छ । उसले वास्ता गरेको छैन । तर, संयुक्त राष्ट्रसंघ के–का लागि उभिएको छ । यत्रा देशले युद्ध रोक । तँ अपराधी होस् भनिरहेको छ । तर, खोई त माँखो मारेको ?’ उनले प्रश्न गरे ।

अहिले करिब ९ सय शान्ति सेना र करिब १२ सय कामदार लेवनानमा रहेको उनले बताए । वर्तमान सरकारले रेमिट्यान्स हेरेर शान्ति सेना र कामदार फर्काउने बारे नसोचेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्