Logo

प्रचण्ड भेटेर बानेश्वरबाट सिधै वनस्थली पुगे रवि, घन्टीघरमा कार्यकर्ताको भिड



काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ पर्ने भयमा रहेका रास्वपाका सभापति रवि लामिछाने पार्टी कार्यालय पुगेका छन। बिहान नयाँ बानेश्वरमा बसेको प्रतिपक्षी दलको बैठकमा सहभागी भएर रवि सीधै पार्टी कार्यालय बनस्थली पुगेका हुन् ।

बनस्थलीमा यतिबेला कार्यकर्ताको भीड लागेको छ । रविलाई पूर्वाग्रही ढंगले पक्राउ गरिएमा सशक्त प्रतिवाद गर्ने कार्यकर्ताको तयारी छ । बनस्थलीमा रहेका रास्वपाका एक नेताका अनुसार कार्यकर्तालाई पार्टी कार्यालय आउन कुनै निर्देशन जारी भएको छैन् । यद्यपि उपत्यकामा रहेका कार्यकर्ता स्वस्र्फूत रुपमा पार्टी कार्यालय आउन सक्ने पार्टीले नीति लिएको छ ।

६ असोजमा पूर्व डिआइजी छबिलाल जोशी पक्राउ परेपछि रास्वपाले सर्कुलर जारी गरेर नेता कार्यकर्तालाई कार्यालयमा आउन आव्हान गरेको थियो । कदाचित् प्रहरीले सभापति लामिछानेलाई पक्राउ गरेमा कार्यकर्तालाई प्रतिवादमा उत्रिन लाउने रास्वपाको योजना छ ।



प्रतिक्रिया दिनुहोस्