Logo

सहकारी ठगी प्रकरणः छविलाई अदालतमा उपस्थित गराइयो



काठमाडौं, २ कार्तिक । सहकारी ठगी प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले दिएको म्याद सकिएपछि जोशीलाई उपस्थित गराइएको हो । जोशी गत असोज ६ गते पक्राउ परेका थिए ।

उनी गोर्खा मिडिया नेटवर्क प्रा.लि. का पूर्व सञ्चालक हुन् । सहकारीको पैसा कम्पनीमा ल्याएर अपचलन गरेको उनीमाथि अभियोग छ । गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु राई भने हाल फरार छन् । अर्का सञ्चालक रवि लामिछानेमाथि पनि सरकारले निगरानी बढाएको छ ।



प्रतिक्रिया दिनुहोस्