Logo

ओली-देउवालाई प्रचण्डको चेतावनीः रविलाई पक्राउ गरिए राम्रो हुँदैन



काठमाडौं, २ कार्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक पूर्वाग्रह राखेर रवि लामिछानेलाई पक्रिएको खण्डमा सह्य नहुने बताएका छन् । हिजो तीन दलका शीर्ष नेताहरुको बैठकमा रवि लामिछानेको गिरफ्तारीबारे छलफल भएको थियो । सो क्रममा प्रचण्डले कानुनी प्रक्रियाबाट अगाडि बढ्ने कुरामा आफूहरु सकारात्मक रहेको बताएका थिए ।

‘यो विषयमा हाम्रो स्पष्ट कुरा छ । हिजो टीआरसी सम्बन्धी विषयमा बोलाइएको मिटिङमा पनि प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले हाम्रो पार्टी अध्यक्षले स्पष्ट रुपमा कुरा राख्नुभएको थियो । यस्ता प्रकृतिका समस्याका बारेमा छलफल हुँदा कानुनी प्रक्रियाबाट अगाडि बढ्ने कुरामा कसैले पनि, त्यसमा रास्वपाले पनि अवरोध गर्ने कुरा छैन । अरुको कोही पार्टीमा पनि त्यस विषयमा नकारात्मक धारणा भएन । यी र यस प्रकृतिका कुराहरुमा कहीँ पनि राजनीतिक आग्रह, पूर्वाग्रह देखिने खालको, झल्किने खालको कुनै पनि त्यस्ता संकेतहरु देखिनु हुँदैन भन्ने कुरामा हामी सचेत छौं । हिजोको बैठकमा पनि हाम्रो अध्यक्षले प्रधानमन्त्रीजीलगायत गृहमन्त्रीजीसँग पनि राख्नु भएको थियो । आज पनि सबै पार्टीहरुको त्यही प्रकारको धारणा छ,’– नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेतले भने । File Photo/RN



प्रतिक्रिया दिनुहोस्