Logo

राजनीतिक अस्थिरताका कारण सोचेजस्तो प्रगति गर्न सकिएनः प्रचण्ड



काठमाडौं, २ कार्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘ओभर पोलिटीसाइजेशन’ का कारण नेपालमा प्रगति हुन नसकेको बताएका छन् । हिन्दु आर्थिक फोरमले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले ओभर पोलिटीसाइजेशन र राजनीतिक अस्थिरता नै प्रगतिको बाधक रहेको बताएका हुन् ।

पोलिटीसाइजेशन र राजनीतिक अस्थिरताको स्थितिको अन्त्य गर्न नसकेसम्म देशमा भएका साधन, स्रोतको सही सदुपयोग गर्ने वातावरण नबन्ने उनको भनाइ छ ।

‘हामीसँग साधन, स्रोतको कमी भएर पनि होईन । अध्ययनशील जनशक्तिको कमी भएर पनि होईन । बिजनेश अनुभव भएका इन्टरप्रुनिरहरुको कमी भएर पनि होईन । फेरि पनि हामीले किन सोचेजस्तो प्रगति गर्न सकेका छैनौं भन्दा चाहीँ ओभर पोलिटीसाइजेशन नै, राजनीतिक अस्थिरता नै यसको केन्द्रमा आउँछ भनेर हामीले भन्न हिचकिचाउन हुँदैन,’– उनले भने । File Photo/RN



प्रतिक्रिया दिनुहोस्