Logo

विप्लवको आलु विनोद चौधरीले किन्ने



काठमाडौं, २ कार्तिक । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जनश्रम कृषि सहकारी संस्थामार्फत उत्पादन गरेको आलु उद्योगपति विनोद चौधरीको सिजी फुड्सले किन्ने भएको छ ।

नेकपाले यस वर्ष ४ लाख किलो आलु उत्पादन गर्ने लक्ष्य राखेको छ । त्योमध्ये २ लाख किलो आलु सिजी फुड्स, सानेपाले किन्ने सहमति भएको हो ।

नेकपा स्थायी कमिटी सदस्य शिलु सीको उपस्थितिमा सिजी फुड्ससँग आज सम्झौता भएको छ । नेकपाले तराइका विभिन्न जिल्लामा धान खेतीसमेत गरेको छ ।



प्रतिक्रिया दिनुहोस्