Logo

रवि लामिछानेलाई पक्राउ गर्न सयौं प्रहरी परिचालित



काठमाडौं, २ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै रास्वपा केन्द्रीय कार्यालय घण्टीघरमा सयौं प्रहरी परिचालित भएका छन् ।

सहकारी ठगी प्रकरणबारे छानविन गर्न बनेको संसदीय विशेष समितिले लामिछाने गोर्खा मिडिया नेटवर्कका एमडी हुँदा सहकारीबाट पैसा आएको र सो रकम अपचलनमा उनको संलग्नता रहेको प्रतिवेदन दिएको थियो ।



प्रतिक्रिया दिनुहोस्