काठमाडौं, २ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई सडक मार्गबाट कास्की लगिने भएको छ । सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेसँग प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को टोली लामिछानेलाई पक्राउ गर्न रास्वपा केन्द्रीय कार्यालय घण्टीघर पुगेको छ ।
रास्वपाका नेता मनिष झाले लामिछानेलाई सडक मार्गबाटै कास्की लगिने बताए । उनले प्रहरीलाई कुनै अवरोध नगर्न पनि उपस्थित नेता तथा कार्यकर्तालाई आग्रह गरे ।