Logo

विचौलियाहरुको एकतामा कांग्रेस-एमालेसहितको सरकार बन्योः प्रचण्ड



काठमाडौं, ३ कार्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विचौलियाहरुको एकतामा कांग्रेस–एमालेसहितको गठबन्धन सरकार बनेको टिप्पणी गरेका छन् । आज (शनिबार) चितवनमा आयोजित बेपत्ता योद्धा दण्डपाणि न्यौपानेको स्मृतिमा आयोजित सभालाई सम्बोधन गर्दै उनले वर्तमान सरकारमा विचौलिया र पुँजीपतिहरु रहेको बताएका हुन् ।

‘विचौलियाहरुले आफ्नो एकता देखाए अहिले । अहिलेको यो नयाँ सरकार गठन कसको घरमा बसेर भयो ? कसले त्यसमा योगदान गर्यो भन्ने हेर्नुभयो भने त्यहाँ विचौलिया, दलाल, पुँजीपतिहरु नै देखिन्छन्,’– उनले भने ।

साथै, माओवादी आन्दोलनलाई एकतावद्ध गरेरमात्रै जनतामा समाजवादको आशाका भ्रुणहरु रोप्न सकिने उनले बताए । त्यस्तै, विभाजित माओवादी आन्दोलनलाई एकतावद्ध गर्न आफू ठूलो छाती बनाउन तयार रहेको पनि उनले बताए ।



प्रतिक्रिया दिनुहोस्