Logo

पोखराको शहिदचोक र गैह्रापाटन आसपासका क्षेत्रमा निषेधाज्ञा जारी



काठमाडौं । सहकारी ठगीमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेको समर्थन र विरोधमा प्रदर्शन हुने भएपछि कास्कीका विभिन्न स्थानमा निषेधाज्ञा जारी भएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले एक सूचना जारी गर्दै शहिदचोक र गैह्रापाटन आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय कास्कीले शहिदचोक आसपासका क्षेत्र पूर्वतर्फ वाई चोक (उत्तरपूर्वतर्फ मिलनचोक), पश्चिमतर्फ फिस्टेल गेट (वैदाम), उत्तरतर्फ मालपोत कार्यालय कास्की र दक्षिणमा मुस्ताङ चोक (दक्षिण पश्चिमतर्फ पर्यटन बोर्डको कार्यालय अगाडि ड्यामसाईड) मा निषेधाज्ञा जारी गरिएको हो ।

यस्तै गैह्रापाट आसपासका क्षेत्र पालिखेचोकदेखि नवीन माविसम्मको सडक क्षेत्रमा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए ।

जिल्ला प्रहरी कार्यालय कास्कीले एक सूचनाच जारी गर्दै प्रदर्शन, जुलुस, हुलदंगा तथा झडप आदिका कारण प्रतिकुल अवस्था सिर्जना हुन सक्ने भएकाले निषेधाज्ञा जारी गरिएको जनाएको छ । यसअघि मुख्यमन्त्री कार्यालय तथा मन्त्रिपरिषद् अगाडि मात्र निषेधित क्षेत्र तोकिएको थियो ।



प्रतिक्रिया दिनुहोस्