Logo

देउवासँग भेटेलगत्तै प्रधानमन्त्री अ‍ोलीले डाके मन्त्रिपरिषद्को बैठक, दल विभाजनसम्बन्धी अध्यादेश आउनसक्ने



काठमाडौं । मन्त्रिपरिषद्को बैठक आह्वान भएको छ । साँझ ५ बजेका लागि मन्त्रिपरिषद्को बैठक आह्वान भएको हो । प्रधानमन्त्रीको सचिवालयका अनुसार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बस्नेछ। बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन।

यद्यपि आजको बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेशबारे केही निर्णय हुनसक्ने बुझिएको छ। प्रधानमन्त्री ओलीले अध्यादेशबारे नेपाली कांग्रेस लगायतका दलसँग छलफल अघि बढाइसकेका छन्। प्रधानमन्त्री ओलीले अध्यादेश ल्याउनको लागि दशैंअघि नै जोड गरेका थिए ।

तर, कांग्रेस सभापति शेरबहादुर देउवाले सुरुमा असहमति राखेपछि अध्यादेश ल्याईन केही ढिलाई भएको थियो । योबीचमा कांग्रेस सभापति देउवाकै मागबमोजिम सरकारले रास्वपाका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा पक्राउ गरिसकेको छ । रवि पक्राउ परेर उनीविरुद्ध थप अनुसन्धानको लागि कास्की जिल्ला अदालतबाट ६ दिनको म्या थप भएको छ ।

उता, लामिछानेविरुद्ध म्याप भएसँगै यता बालुवाटारमा कांग्रेस र एमालेका नेतृत्व तहका नेताहरु थप रणनीति बनाउन छलफलमा हिजै जुटेका थिए । छलफलमा एमालेबाट प्रधानमन्त्री ओली, नेताहरु शंकर पोखरेल र विष्णु पौडेल सहभागी थिए । उता, कांग्रेसबाट सभापति देउवा, महामन्त्री गगन थापा र नेतृ डा। आरजु राणा सहभागी थिईन् । हिजोको बालुवाटार बैठकबाट नै दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने विषयमा उच्चस्तरको समझदारी बनेको चर्चा थियो ।



प्रतिक्रिया दिनुहोस्