Logo

रास्वपाको आन्दोलनमा समर्थन जनाउन पोखरा नजाने दुर्गा प्रसाईंको घोषणा, अरुलाई पनि नजान आग्रह



काठमाडौं । मेडिकल व्यापारी दुर्गा प्रसाई रास्वपाको आन्दोलनमा सहभागी हुन नजाने भएका छन् । सहकारी ठगीमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई रिहा गर्न माग गर्दै रास्वपाले पोखरामा आन्दोलन गरिरहेको छ ।

आन्दोलनमा सामेल हुन आइतबार प्रसाई पोखरा जाने बताईएको थियो । यद्यपि अदालतकोआदेशलाई मानेर उनले आफू पोखरा नजाने बताएका छन् । उनले अदालतको आदेशमान्नभन्दै अरुलाई पनि पोखरा नजान भनेका छन् ।

‘सम्मानीत अदालतको कुरा म शिरोधार्य गर्ने नागरिक भएकोले रविजीलाई अदालतले ६ दिन अनुसन्धानको लागि म्याद थपेको हुनाले पोखरा जाने कुरा रद्ध गरिएको जानकारी गराउदछु’ उनले भनेका छन् ‘सम्पूर्ण साथीहरूलाई सम्मानित अदालतको अदेशलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछु’ ।



प्रतिक्रिया दिनुहोस्