Logo

मनाङेले छाडेको गण्डकीको वनमन्त्रीमा कांग्रेसका पौडेल नियुक्त, सरकारले पायो पूर्णता



काठमाडौं । गण्डकी प्रदेश सरकारले पूर्णता पाएको छ ।

आज गण्डकीको वन मन्त्रीमा लमजुङका भेषबहादुर पौडेल नियुक्त भएका छन् । यसअघि स्वतन्त्र सांसद दीपक मनाङेले छोडेको यो मन्त्रालयमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पौडेललाई नियुक्त गरेका हुन् । यो सँगै प्रदेश सरकारले पूर्णता पाएको हो ।

मन्त्रीमा नियुक्त भएका पौडेल कांग्रेसभित्र संस्थापन इतर समूहका हुन् । पछिल्लो समय महामन्त्री गगन थापा निकट मानिएका उनलाई थापाकै जोडमा मन्त्री बनाइएको हो ।

पौडेलको आजै शपथ हुनेछ । साढे ४ बजे शपथको तयारी भएको स्रोतले जनाएको छ । गण्डकीमा हाल ९ मन्त्रालय छ। कांग्रेसबाट ४, एमालेबाट ४ र नेपाल समाजवादीबाट एक जना मन्त्री बनेका छन् ।

यसैबीच पौडेल मन्त्री नियुक्त भएसँगै लमजुङका तीन जना सांसद एकैपटक मन्त्री बनेका छन् । संघमा एक र प्रदेशमा दुई सांसद रहेको लम्जुङबाट संघमा एमालेका पृथ्वीसुब्बा गुरुङ मन्त्री बन्दा प्रदेश सभामा निर्वाचित कांग्रेसका टकराज गुरुङ यसअघि मन्त्री नियुक्त भइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्