Logo

रवि लामिछानेको बयान सुरू



काठमाडौं । सहकारी ठगीको आरोपमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेको बयान सुरु भएको छ । शुक्रबारबाट कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेको बयान प्रहरी अधिकृत र सरकार वकिलले लिन सुरु गरेका हुन् ।

सर्वसाधारण निक्षेपकर्ताले विभिन्न सहकारी संस्थामा जम्मा गरेको रकम अपचलन प्रकरणमा रास्वपा सभापति लामिछाने गत शुक्रबार वनस्थलीस्थित पार्टी कार्यालयबाटै पक्राउ परेका थिए । मुद्दा कास्कीको भएकाले थप अनुसन्धानका लागि उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ । हिजो आइतबार उनलाई हिरासतमै राखेर अनुसन्धान गर्नका लागि जिल्ला अदालत कास्कीबाट प्रहरीले ६ दिनको म्याद लिएको छ ।

लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको भन्दै रास्वपा भने विरोधमा उत्रिएको छ । रास्वपाले शनिबारबाट काठमाडौं, पोखरा र चितवनमा प्रदर्शन गरिरहेको छ । रास्वपाका सांसदहरु हरि ढकाल, डोलप्रसाद अर्याल, डा. स्वर्णिम वाग्ले, मनिष झा, डा. तोसिमा कार्कीलगायत यतिबेला पोरखामा रवि लामिछानेको रिहाइका लागि प्रदर्शन, कोण सभा लगायतका गतिविधिमा संलग्न छन् ।



प्रतिक्रिया दिनुहोस्