Logo

दल विभाजनसम्बन्धी अध्यादेशको विपक्षमा देउवा, प्रधानमन्त्री ओली व्याक भएको कांग्रेस नेता विश्वकर्माको दाबी (भिडिओसहित)



काठमाडौं, ६ कार्तिक । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले दल विभाजनसम्बन्धी अध्यादेश नआउने बताएका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कका नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले राजनीतिक दलसम्बन्धी विधेयक संसद्मा विचाराधीन रहेको अवस्थामा अध्यादेश ल्याउनु उचित हुँदैन भनेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई सभापति शेरबहादुर देउवाले सुझाव दिएको बताए । देउवाको सुझावपछि तत्कालका लागि अध्यादेश आउने सम्भावना टरेको उनको दाबी छ ।

‘राजनीतिक दल सम्बन्धी विधेयक संसद्मा छलफल चलिराखेको छ । संसद्मा विचाराधीन रहेको विधेयकको बारेमा अध्यादेश ल्याउनु संसदीय अभ्यासमा त्यति उचित हुँदैन कि भन्ने हाम्रो पार्टीका नेताहरुको धारणा छ । त्यही धारणा अनुसार प्रधानमन्त्रीज्यूले बाहिरको वातावरण बुझ्नुभयो । अध्यादेश ल्याउने तयारी छैन भन्नुभएको छ । यो विषय अब च्याप्टर क्लोज भयो,’– उनले भने, ‘अध्यादेशको हल्ला बाहिर चलिराखेको छ । यसले दलहरुलाई आशंका बढाएको छ । अहिले राष्ट्रिय राजनीतिलाई एकीकृत गरेर अगाडि बढ्नुपर्ने बेलामा जसले यो व्यवस्था ल्याउन लडे, ती दलहरुलाई नै आशंका हुने गरीको कार्य सरकारले गर्न हुँदैन भन्ने धारणा सभापतिज्यूको हो ।’

साथै, सरकारसँग अहिले कांग्रेसको असहमति नरहेको उनले बताए । प्रधानमन्त्री ओलीलाई सहयोग गरेर नै सफल बनाउने उनले बताए ।



प्रतिक्रिया दिनुहोस्