Logo

रुपन्देहीमा छविलालको बयान सुरू



काठमाडौं, ६ कार्तिक । सहकारी ठगी प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीको जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा बयान सुरु भएको छ । उनलाई कास्कीको पोखराबाट हिजो रुपन्देही ल्याइएको थियो । कास्कीको सूर्यदर्शन सहकारी ठगी सम्बन्धमा उनको बयान सकिएपछि रुपन्देही ल्याइएको हो ।

बुटवलमा रहेको सुप्रिम सहकारी ठगी प्रकरणमा उनी पनि मुछिएका छन् । गोर्खा मिडिया नेटवर्कका पूर्व सञ्चालक रहेका जोशीलाई गत असोज ६ गते काठमाडौंबाट पक्राउ गरिएको थियो । काठमाडौंबाट पक्राउ परेका जोशीलाई सोही दिन कास्की लगिएको थियो । जोशी पक्राउ परेको लामो समयपछि गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने पनि पक्राउ परेका छन् । लामिछानेलाई अहिले कास्की प्रहरीको हिरासतमा राखिएको छ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्